सुनचाँदीकाे मूल्यमा सामान्य वृद्धि

सुनचाँदीकाे मूल्यमा सामान्य वृद्धि

केन्द्रबिन्दु
0
Shares

सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मूल्य तोलामा १ सयले बढेर ९२ हजार ५०० पुगेको छ।

यस अघि आइतबार सुन तोलाको ९२ हजार ४०० सयमा कारोबार भएको थियो। त्यस्तै आज तेजाबी सुन तोलाको ९२ हजारमा कारोबार भैरहेको महासंघले जनाएको छ।

त्यस्तै आज चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। सोमबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर तोलाको १२ सय ५५ पुगेको महासंघले जानकारी दिएको छ। यसअघि आइतबार चाँदी तोलाको १२ सय ५० मा कारोबार भएको थियो ।

Skip This
Skip This
Logo