शेयर बजारमा सामान्य गिरावट, १० दशमलव ७८ अंकले घट्याे नेप्से

शेयर बजारमा सामान्य गिरावट, १० दशमलव ७८ अंकले घट्याे नेप्से

केन्द्रबिन्दु
0
Shares

पछिल्लो समय लगातार बढिरहेको शेयर बजार आज भने केही घटेको छ। नेप्से आज सामान्य अंकले घटेको हो। नेप्से आज १० दशमलव ७८ अंकले घटेर दुई हजार नौ सय ३६ दशमलव ६६ विन्दुमा झरेको छ। 

आज उत्पादन समूहको शेयर एक सय ८६ अंकले, विकास बैंकको एक सय ३०, माइक्रो फाइनान्स ८९, फाइनान्स समूह ६९, जीवन बीमा समूह १९८ र निर्जीवन बीमा समूहको शेयर १७८ अंकले घटेको  । आज बैंकिङ समूहको शेयर भने २२ अंकले बढेको छ।

आज एक करोड ६० लाख कित्ता शेयर आठ अर्ब ४४ करोड रुपैयाँमा कारोबार भएका छन्। सबैभन्दा धेरै अपी पावर कम्पनीको २८ करोड ११ लाख रुपैयाँको शेयर किनबेच भयो। 

सबैभन्दा धेरै मानुषी लघुवित्त कम्पनीको शेयर पाँच प्रतिशतले घटेको छ। समग्र बजार घट्दा पनि साम्लिङ पावर कम्पनीको शेयर साढे नौ प्रतिशत र मध्ये भोटेकोशी जलविद्युत कम्पनीको शेयर आठ प्रतिशतले बढेको छ।

Skip This
Skip This
Logo