सरकारले पीसीआर परीक्षणको शुल्क घटायाे, सरकारी अस्पतालमा ८ सयमा परीक्षण हुने

सरकारले पीसीआर परीक्षणको शुल्क घटायाे, सरकारी अस्पतालमा ८ सयमा परीक्षण हुने

केन्द्रबिन्दु
0
Shares

सरकारले कोरोना भाइरसको परीक्षण शुल्क घटाएको छ। बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले पीसीआर परीक्षणको शुल्क समायोजन गरिएको बताएका हुन्।

अब सरकारी प्रयोगशालामा पीसीआर परीक्षण गर्दा ८ सय रुपैयाँ तिनु पर्नेछ। यसअघि सरकारी प्रयोगशालामा पीसीआर परीक्षणकाे १ हजार रुपैयाँ लाग्थ्यो ।

त्यस्तै अब निजी प्रयोगशालामा पीसीआर परीक्षण गर्दा १ हजार ५ सय रुपैयाँ लाग्नेछ । यसअघि निजी प्रयोगशालामा पीसीआर परीक्षण गर्दा २ हजार रुपैयाँ लिने गरिन्थ्यो ।

बुधबारकाे अपडेट

गत २४ घण्टाभित्र नेपालमा थप ११ हजार ३५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २३ हजार ४०९ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। १८ हजार ७८ जनाको पिसिआर परीक्षण र ५  हजार ३३१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

बुधबार निकाे हुनेकाे संख्या ६१३ रहेकाे छ भने मृत्यु हुनेकाे संख्या ४ रहेकाे छ । 

हालसम्म संक्रमितकाे संख्या पिसिआर परीक्षणबाट ८ लाख ७७ हजार ७१७ र एन्टिजेन परीक्षणबाट १ लाख ५ हजार ८३३ रहेकाे छ। 

हालसम्म निकाे हुनेकाे कूल संख्या ८ लाख १८ हजार १६० पुगेकाे छ। हालसम्म मृत्यु हुनेकाे संख्या ११ हजार ६२८ रहेकाे छ। नेपालमा हाल ४६ हजार ५१५ जना सक्रिय संक्रमित छन्। 

काठमाडौं उपत्यकामा ६ हजार ३४३ जना कोराेना संक्रमित थपिए

काठमाडौं उपत्यकामा ६ हजार ३४३ जना कोराेना संक्रमित थपिएका छन्। काठमाडौंमा ४ हजार ६६६ भक्तपुरमा ५७८ र ललितपुरमा १ हजार १९ जना संक्रमित थपिएका हुन्।

१० दिनमा कति थपिए?

गत हप्ता साेमबार १,४४६ जना संक्रमित थपिएका थिए भने मंगलबार २,४४४ जना र बुधबार ३,०७५ जनामा संक्रमण भएकाे थियाे। बिहीबार ३,५५३ संक्रमित थपिए । शुक्रबार याे संख्या बढेर ५,०८७ पुगेकाे थियाे। शनिबार ४,६३६ जना थपिएकाेमा आइतबार ४ हजार ९६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियाे। साेमबार ६,७३४ जना थपिएका थिए। मंगलबार थपिनेकाे संख्या १०,२५८ रहेकाे थियाे। बुधबार ११ हजार ३५२ जना संक्रमित थपिएका छन्।  याे हालसम्मकै उच्च संख्या हाे।

Skip This
Skip This
Logo