आहा रारामा आयोजक सहारा क्लबलाई पराजित गर्दै एपीएफको विजयी सुरुवात

आहा रारामा आयोजक सहारा क्लबलाई पराजित गर्दै एपीएफको विजयी सुरुवात

केन्द्रबिन्दु
0
Shares

आयोजक सहारा क्लबलाई पराजित गरि सशस्त्र प्रहरीको एपीएफ क्लबले पोखरामा जारी आहा रारा गोल्डकपमा सुखद् सुरुवात गरेको छ। उद्घाटन खेलमा एपीएफले सहारालाई २–० गोलअन्तरले हराएको हो । १४औं मिनेटमा आशिष लामिछानेको गोलबाट अग्रता लिएको एपीएफका लागि ६०औं मिनेटमा प्रदीप लामाले अर्को गोल थपेका थिए।

जितपछि एपीएफका कोच कुमार थापाले अपेक्षाकृत नतिजा निकालेको बताए। ‘हामीले सोचेको जस्तै नतिजा आयो। अर्को खेलमा केही नयाँ शैलीले खेल्नुपर्छ,’ उनले भने, ‘आयोजक कमजोर टिम थिएन। जीत हामीले निकाल्यौं।’

आयोजक सहाराका टिम कोच प्रदीप हिराचनले टिमको सेट नमिलेका कारण खेल गुमाएको बताए। ‘हामीसँग सेट टिम थिएन। खेलाडीहरू ढिलो गरि पोखरा आइपुगे,’ उनले भने, ‘यति छोटो अवधिमा सेट मिलाउनै गाह्रो भयो। यत्तिको खेल राम्रै हो।’ 

प्रतिस्पर्धामा १० टिम सहभागी छन्। प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार पुरस्कार पाउने छन्। प्रतियोगिता माघ १५ गतेसम्म चल्नेछ।

Skip This
Skip This
Logo