केएमसी र नोबेलमा देखिएको समस्या तत्काल समाधान हुन्छः गृहमन्त्री खाण (भिडियाे)

केएमसी र नोबेलमा देखिएको समस्या तत्काल समाधान हुन्छः गृहमन्त्री खाण (भिडियाे)

केन्द्रबिन्दु
0
Shares

गृहमन्त्री बालकृष्ण खाणले केएमसी र नोबेल मेडिकल कलेजमा देखिएका समस्या तत्काल समाधान गर्ने बताएका छन् ।

गृहमन्त्री खाणले शुक्रबार पीडित विद्यार्थी र विद्यार्थी संगठनका नेताहरुसँग छलफल गरी ती मेडिकल कलेजहरुमा देखिएका समस्या समाधान तत्काल गर्ने प्रतिवद्धता जनाएका हुन् । उनले केएमसी र नोबेल मेडिकल कलेजमा देखिएको समस्याबारे तत्काल अनुसन्धान सुरु गर्ने र दोषीमाथि कडा कारवाही गर्ने चेतावनी समेत दिए ।

गृहमन्त्री खाणले विद्यार्थी संगठनका नेताहरुलाई पनि सो घटनालाई लिएर उत्तेजित हुने र आवेशमा आउने काम नगर्न सचेत गराएका छन् । उनले संविधान र कानुनको परिधि भित्र रहेर सो कलेजमा भएको घटनाको अनुसन्धान हुने र कारबाही गर्ने बताए । विद्यार्थीहरुले जथाभावी शुल्क लिएको भन्दै ती दुवै कलेजको व्यवस्थापनविरुद्ध आन्दोलन गरिरहेका छन ।

गृहमन्त्री खाणले भने, ‘मेडिकल कलेजमा देखिएको जुन समस्याहरु छन, ती समस्याहरुलाई सम्बोधन गर्ने क्रममा प्रक्रियागत रुपमा सरकारले अनुसन्धान गर्दछ । र दोषीलाई चाँही हाम्रो ऐन, कानुनमा जस्तो प्रबन्छ छ । त्यही अनुसार कारबाही हुन्छ । यस विषयमा विद्यार्थीहरुलाई धेरै कठिन छ । र, सरकारले निर्णय गर्दा आफ्नो प्रक्रिया थालनी गर्दा आग्रह, पूर्वाग्रहबाट प्रेरित भएर गर्नु हुँदैन भन्नेमा स्पष्ट छ । पूर्वाग्रह, आग्रहभन्दा माथि उठेर काम हुन्छ । विद्यार्थी संगठनहरु पनि उत्तेजित हुने र आवेशमा आउने काम गर्नु भएन । आवश्यक पर्यो भने पुनः शिक्षा मन्त्रालयसँग छलफल गरेर समस्या समाधान गरिन्छ ।’

 

गृहमन्त्री बालकृष्ण खाँणले केएमसी र नोबेल मेडिकल कलेजमा देखिएका समस्या

गृहमन्त्री बालकृष्ण खाँणले केएमसी र नोबेल मेडिकल कलेजमा देखिएका समस्या तत्काल समाधान गर्ने बताएका छन् ।#balkrishnakhad #kendrabindu

Posted by Kendrabindu – केन्द्रबिन्दु on Friday, 21 January 2022

Skip This
Skip This
Logo