एलबी विश्वकर्माको मृत्युबारे सिभिल अस्पतालद्वारा छानविन समिति गठन

एलबी विश्वकर्माको मृत्युबारे सिभिल अस्पतालद्वारा छानविन समिति गठन

केन्द्रबिन्दु
0
Shares

पत्रकार एलबी विश्वकर्माको मृत्युबारे सिभिल अस्पतालले छानविन समिति गठन गरेको छ। उनको मृत्युबारे अध्ययन गर्न अस्पतालका आकस्मिक विभागका प्रमुख दिनेश कुमार लम्सालको संयोजकत्वमा चार सदस्यीय छानविन समिति गठन गरेको नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण अधिकारीले जानकारी दिए। 

छानविन समितिमा उपसचिव कृष्ण सापकोटा, शाखा अधिकृत भेषराज घिमिरे र क्यास काउन्टर प्रमुख भेषबहादुर बस्नेत छन्। विश्वकर्माको मृत्युबारे पत्रकार महासंघले पनि छानविन गरिरहेको अधिकारीले जानकारी दिए।

पत्रकार विश्वकर्माको मृत्युपछि अस्पताल व्यवस्थापनको चर्को आलोचना हुँदै आएको छ। पत्रकार महासंघ, नेपाल प्रेस काउन्सिलसहित पत्रकारसँग आबद्ध विभिन्न संघ संस्थाले सो घटनाको छानविनका लागि माग गर्दै आएका थिए।

Skip This
Skip This
Logo