१०.८३ अंकले घट्यो नेप्से परिसूचक

१०.८३ अंकले घट्यो नेप्से परिसूचक

केन्द्रबिन्दु
0
Shares

साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार घटेर बन्द भएको छ। आज नेप्से परिसूचक १०.८३ अंकले घटेर २ हजार ९२० बिन्दुमा झरेको छ। सेन्सेटिभ इन्डेक्स भने ०.०६ अंकले बढेर ५४३ बिन्दुमा पुगेको छ।

आज २३२ वटा धितोपत्रको १ करोड ४७ लाख कित्ता शेयर ७ अर्ब ३ करोड ५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ भने ३ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। शेयरमूल्य सर्किट लाग्ने कम्पनीमा विन नेपाल लद्युवित्त, बुद्धभूमी नेपाल हाइड्रोपावर र मैलुङ खोला जलविद्युत कम्पनी रहेका छन्। 

कारोबार रकमको आधारमा नेपाल दूरसञ्चार कम्पनीले सर्वाधिक हिस्सा ओगटेको छ। यो कम्पनीको ३२ करोड १४ लाख ५३ हजार रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको छ। आज कारोबारमा आएका १३ समूहमध्ये ५ वटा समूह बाहेका अरु सबै समूहको परिसूचक घटेको छ।

Skip This
Skip This
Logo