एशिया लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने मंगलबार (आज) अन्तिम दिन रहेको छ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुधबार एक दिन बुक क्लेजको मिति तोकेको छ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।
कम्पनीले आर्थिक वर्ष (आव) २०७६/७७ सम्मको सञ्चित नाफाबाट शेयरधनीहरुलाई २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित २ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो।
सोही लाभांश पारित गर्न कम्पनीले माघ २१ गते, होटल दियालो लर्डस प्लाजा, आदर्शनगर, वीरगंजमा १३ औँ वार्षिक साधारण सभा डाकेको छ । सभा बिहान साढे ११ बजे शुरु हुनेछ।





























प्रतिक्रिया