पछिल्लो १६ दिनमा नेपालमा १ लाख १५ हजारभन्दा बढी कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो १६ दिनमा १ लाख १५ हजार ६३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएका हुन्। सबैभन्दा बढी माघ ६ गते १२,३३८ जना नयाँ संक्रमित थपिएका थिए। मंगलबार थपिनेकाे संख्या १२ हजार ८ रहेकाे छ।
दैनिक संक्रमित बढिरहेका छन्। नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएसँगै दैनिक संक्रमित हुनेको सङ्ख्या पनि बढिरहेको हाे।
मंगलबारकाे अपडेट
पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले साेमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २५ हजार ९०९ वटा नमुना परीक्षण गर्दा १२ हजार ८ जनामा कोरोना पोजेटिभ देखिएको हाे।
मन्त्रालयका अनुसार १८ हजार १०३ जनामा गरिएको पीसीआर परीक्षणमा ९ हजार ४३२ जनामा र ७ हजार ८०६ जनामा एन्टिजेन परीक्षण गर्दा २ हजार ५७६ जनामा संक्रमण देखिएको हो।
योसँगै देशभर सक्रिय संक्रमितको ८८ हजार ९३४ रहेको छ। पछिल्लो २४ घण्टामा ३ हजार ४० जना डिस्चार्ज भएका छन् भने मृत्यु ८ जनाको भएको छ।
काठमाडौं उपत्यकामा ६,१७२ जनामा कोरोना संक्रमण
काठमाडौं उपत्यकामा एकैदिन ६,१७२ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ४,८७५, ललितपुरमा ७८२ र भक्तपुरमा ५१५ संक्रमित देखिएका हुन्।
१६ दिनमा कति थपिए?
पुस २६ गते १,४४६ जना संक्रमित थपिएका थिए भने २७ गते २,४४४ जना र २८ गते ३,०७५ जनामा संक्रमण भएकाे थियाे। यस्तै २९ गते ३,५५३ संक्रमित थपिए । पुस ३० गते याे संख्या बढेर ५,०८७ पुगेकाे थियाे।
माघ १ गते ४,६३६ जना थपिएकाेमा २ गते ४,९६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियाे। ३ गते ६,७३४ जना थपिएका थिए। माघ ४ गते थपिनेकाे संख्या १०,२५८ रहेकाे थियाे। माघ ५ गते ११,३५२ जना संक्रमित थपिएका थिए।
माघ ६ गते १२,३३८ जना संक्रमित भएका छन्। याे हालसम्मकै उच्च संख्या हाे। यस्तै माघ ७ गते १०,७०३ जना थपिएका थिए। माघ ८ गते थपिनेकाे संख्या १०,२५४ रहेकाे थियाे। माघ ९ गते ६,४६२ संक्रमित थपिए भने माघ १० गते १० हजार ३१९ थपिए। यस्तै मंगलबार १२ हजार ८ जना थपिएका छन्।































प्रतिक्रिया