जिल्ला अदालत काठमाडौँले गोंगबुस्थित नयाँ बसपार्कको एक होटलमा भएको सामूहिक बलात्कारका आरोपित नौ जना आरोपीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ।
न्यायाधीश रामचन्द्र पौडेलको इजलासले बुधबार उक्त घटनाका नौ जनालाई आरोपीलाई थुनामा राख्न र उक्त घटनामा प्रयोग भएका ३ गेष्टहाउस सञ्चालकहरूलाई जनही रु ३/३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो।
गत पुस १२ गते ३४ वर्षीया एक महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा ९ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको थियो।





























प्रतिक्रिया