आज उपत्यकाका सिडिओहरुको बैठक बस्दै, के हाेला निर्णय?

आज उपत्यकाका सिडिओहरुको बैठक बस्दै, के हाेला निर्णय?

केन्द्रबिन्दु
0
Shares

आज काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ। बैठक शुक्रवार दिउँसाे जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बस्ने भएकाे हाे। ३ जिल्लाका प्रजिअहरुको बैठकमा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको संक्रमण नियन्त्रणबारे छलफल हुने बताइएकाे छ।

काठमाडौं उपत्यकामा माघ ७ गतेबाट सार्वजनिक र निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ। यसलाई थप व्यवस्थित कसरी बनाउने भन्नेबारे पनि छलफल हुने बताइएकाे छ।

विद्यालय सञ्चालनको अनुमति दिनका लागि विद्यालयहरुले स्थानीय प्रशासनलाई दबाव दिएका छन्। यता रात्रिकालीन व्यवसाय गर्नेहरुले पनि व्यवसाय सञ्चालनको अनुमति दिन स्थानीय प्रशासनलाई आग्रह गरिरहेका बेला आज उपत्यकाका सिडीओहरुको बैठक बस्न लागेकाे हाे।

Logo