गुर्जुधारा यातायात कार्यालयमा मन्त्री दाहालको छड्के (भिडियाे)

गुर्जुधारा यातायात कार्यालयमा मन्त्री दाहालको छड्के (भिडियाे)

केन्द्रबिन्दु
0
Shares

बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले यातायात कार्यालयमा रहेका लिखित फाइलहरूलाई डिजिलाइजेशन गर्न निर्देशन दिएका छन् ।

शुक्रवार काठमाडौंको गुर्जुधारास्थित यातायात कार्यालयको अनुगमन गर्दै मन्त्री दाहालले यस्तो निर्देशन दिएका हुन् । उनले यातायात कार्यालयमा रहेका अस्तव्यस्त फाइलहरूले अबका दिनमा ठुलो समस्या सिर्जन गर्ने भन्दै व्यवस्थित बनाएर लैजानुपर्ने बताएका हुन् । मन्त्री दाहालले यातायात कार्यालयबाट तत्काल त्यो कुरा सम्भव नभए निजी क्षेत्रलाई टेन्डर आह्वान गरेर लिखित फाइलहरू अनलाइनमा परिणत गर्नुपर्ने बताएका छन् । उनले यातायात कार्यालयमा अहिले चलिरहेको शैलीलाई पनि रूपान्तरण गर्न आवश्यक रहेको भन्दै कार्यालयमा नयाँ प्रविधि भित्र्याएर जानुपर्ने बताएका छन् । उनले यातायात कार्यालयमा पैसा बुझ्ने कामले धेरै बिचौलियाको प्रवेश भएको भन्दै कार्यालयमा क्यासको कारोबार नै हुन नदिने गरी नयाँ सिस्टम बनाउने बताएका छन् ।

मन्त्री दाहालले भने, ‘यो फाइल जुनरुपमा अस्तव्यस्त छ, यसले गर्दा केही समयपछि धेरै ठुलो समस्या आउँछ । यसलाई अब हामीले व्यवस्थित नगर्ने हो भने के हुन्छ होला हालत ? एकान्तकुनामा हिजो फाइलहरू हेर्यौं, बेहाल छ । त्यो भएर यसलाई डिजिलाइजेशन गर्ने क्रममा अलि ध्यान दिनुस् । हामी त्यो विधि बनाउँदैछौँ । हाम्रो आफ्नै कार्यालयबाट त्यो अहिले सम्भव छैन । प्राइभेटलाई लिएर त्यसको व्यवस्थापन गरौँ । मन्त्रालयमा छलफल गरेर मन्त्रालयले टेन्डर गरेर प्राइभेटलाई निश्चित अवधि दिएर यसलाई व्यवस्थित गर्छौँ । यो ढड्डा अहिले जुन रूपमा रहेको छ । यसले भोलि यही रूपमा रहे सबैलाई अप्ठ्यारो बनाउँछ । त्यसैले सिस्टम नै नयाँ बनाएर जाऊँ । जस्तो यहाँ क्यास लिएर आउनु नपरोस् । यहाँ बुझ्ने काम भयो भने बिग्रिन्छ । क्यासको कारोबार कार्यालयभित्र एक पैसाको पनि नहुने बनाउनु पर्छ । १/२ जना बदमासले गर्दा अन्य इमानदार कर्मचारीहरूले दोष पाइरहेका छन् ।’

मन्त्री दाहालले यातायात कार्यालयमा बिचौलियाहरूका कारण इमानदार कर्मचारीहरूले पनि दोष पाइरहेको भन्दै बिचौलियालाई कार्यालयमा प्रवेश गर्न नदिन सचेत गराए । उनले कार्यालयमा आउने सेवाग्राहीहरूलाई व्यवस्थित तरिकाबाट काम सम्पन्न गर्ने वातावरण मिलाउन पनि निर्देशन दिए ।  

गुर्जुधारा यातायात कार्यालयमा मन्त्री दाहालको छड्के

गुर्जुधारा यातायात कार्यालयमा मन्त्री दाहालको छड्के

Posted by Kendrabindu – केन्द्रबिन्दु on Friday, 28 January 2022

Skip This
Skip This
Logo