पछिल्लो २० दिनमा नेपालमा १ लाख ४३ हजारभन्दा बढी कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २० दिनमा १ लाख ४३ हजार ८३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएका हुन्। सबैभन्दा बढी माघ ६ गते १२,३३८ जना नयाँ संक्रमित थपिएका थिए। शनिबार थपिनेकाे संख्या ४ हजार ९०४ रहेकाे छ।
दैनिक संक्रमित बढिरहेका छन्। नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएसँगै दैनिक संक्रमित हुनेको सङ्ख्या पनि बढिरहेको हाे।
शनिबारकाे अपडेट
पछिल्लो २४ घण्टामा ४ हजार ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ५६२ वटा नमुना परीक्षण गर्दा ४ हजार ९०४ जनामा कोरोना पोजेटिभ देखिएको हाे।
मन्त्रालयका अनुसार १० हजार १०१ जनामा गरिएको पीसीआर परीक्षणमा ३ हजार ३१८ जनामा र ४ हजार ४६१ जनामा एन्टिजेन परीक्षण गर्दा १ हजार ५८६ जनामा संक्रमण देखिएको हो।
योसँगै देशभर सक्रिय संक्रमितको ८७ हजार ३२९ रहेको छ। पछिल्लो २४ घण्टामा ५ हजार ९२४ जना डिस्चार्ज भएका छन् भने मृत्यु ६ जनाको भएको छ।
काठमाडौं उपत्यकामा थप १ हजार ८२० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं उपत्यकामा थप १ हजार ८२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौंमा मात्रै १ हजार ४०४ जना, ललितपुरमा ३०५ र भक्तपुरमा १११ संक्रमित थपिएका हुन्।
२० दिनमा कति थपिए?
पुस २६ गते १,४४६ जना संक्रमित थपिएका थिए भने २७ गते २,४४४ जना र २८ गते ३,०७५ जनामा संक्रमण भएकाे थियाे। यस्तै २९ गते ३,५५३ संक्रमित थपिए । पुस ३० गते याे संख्या बढेर ५,०८७ पुगेकाे थियाे।
माघ १ गते ४,६३६ जना थपिएकाेमा २ गते ४,९६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियाे। ३ गते ६,७३४ जना थपिएका थिए। माघ ४ गते थपिनेकाे संख्या १०,२५८ रहेकाे थियाे। माघ ५ गते ११,३५२ जना संक्रमित थपिएका थिए।
माघ ६ गते १२,३३८ जना संक्रमित भएका छन्। याे हालसम्मकै उच्च संख्या हाे। यस्तै माघ ७ गते १०,७०३ जना थपिएका थिए। माघ ८ गते थपिनेकाे संख्या १०,२५४ रहेकाे थियाे। माघ ९ गते ६,४६२ संक्रमित थपिए भने माघ १० गते १० हजार ३१९ थपिए। यस्तै माघ ११ गते १२ हजार ८ जना थपिएका थिए। माघ १२ गते थपिनेकाे संख्या ८ हजार ४५४ थियाे। माघ १३ गते ८ हजार १७ जना थपिएका थिए। माघ १४ गते थपिनेकाे संख्या ६ हजार ८२७ रहेकाे थियाे। शनिबार ४ हजार ९०४ जना थपिए।































प्रतिक्रिया