एक्सेल डेभलपमेन्ट बैंकको ३० प्रतिशत हकप्रद शेयर डिम्याट खातामा जम्मा

एक्सेल डेभलपमेन्ट बैंकको ३० प्रतिशत हकप्रद शेयर डिम्याट खातामा जम्मा

केन्द्रबिन्दु
0
Shares

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले जारी गरेको १०ः३ को अनुपातमा हुन आउने ३० प्रतिशत हकप्रद शेयर आफ्ना शेयरधनीहरुको हितग्राही (डिम्याट) खातामा जम्मा गरिदिएको छ।

बैंकले भदौ ३१ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको खातामा हकप्रद शेयर डिम्याट खातामा जम्मा गरिदिएको हो। 

बैंकले उक्त मितिपछि शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हकमा शेयरधनीहरुको सम्बन्धित डिम्याट खातामा जम्मा हुने व्यवस्था भएकोले हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीहरुलाई शेयर अभौतिकीकरण गरि आफ्नो हकप्रद शेयर डिम्याट खातामा सुरक्षित गर्नसमेत भनेको छ। 

गत भदौ ३१ गतेसम्म धितो बन्धक राखी कर्जा लिएका शेयरधनीहरुको हकप्रद शेयर कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुको स्वीकृतिपत्र प्राप्त भएपश्चात मात्र डिम्याट खातामा जम्मा हुने बैंकले जनाएको छ।

Skip This
Skip This
Logo