भारतमा कोभिड संक्रमित दर घट्दो, मृत्युदर बढ्दो

भारतमा कोभिड संक्रमित दर घट्दो, मृत्युदर बढ्दो

केन्द्रबिन्दु
0
Shares

भारतमा कोभिड संक्रमितको संख्या निरन्तर घटिरहेको छ। संक्रमण घटे पनि मृत्यु हुनेहरुको संख्या भने बढ्दो छ। पछिल्लो २४ घन्टामा २ लाख जनामा कोभिड संक्रमण देखिएको छ। यो अघिल्लो दिनको तुलनामा करिव ३४ हजारले कमी हो। 

त्यस्तै, पछिल्लो २४ घन्टामा कोभिडजन्य समस्याका कारण ९५९ जनाको मृत्यु भएको छ। यसअघि आइतबार ८३९ जनाको मृत्यु भएको थियो। सोमबारको तथ्यांकसँगै भारतमा कोभिड संक्रमितको संख्या ४ करोड १२ लाख नाघेको छ भने कूल मृत्यु हुनेको संख्या ४ लाख ९५ हजार पुगेको छ। 

कोभिड संक्रमण बढेसँगै सरकारले खोप अभियानलाई तीव्र पारेको छ। भारतमा ७५ प्रतिशत वयस्कले कोभिडको पूर्ण खोप लगाएका छन्। ठूलो जनसंख्याले पूर्ण खोप लगाएको भन्दै यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिकहरुलाई बधाई दिएका छन् ।

Skip This
Skip This
Logo