प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी प्रस्ताव पास गर्न गठबन्धनभित्र दबाब दिन थालेका छन् ।
प्रधानमन्त्रीले दबाब दिन थालेपछि गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री देउवासँग केही समय मागेका छन्।
स्रोतका अनुसार प्रचण्ड–नेपालले प्रधानमन्त्रीको प्रस्तावमाथि छलफलका लागि केही समय मागेका हुन्। यस्तै, प्रधानमन्त्री देउवाले एमसीसी प्रस्ताव पास गर्ने संकेत देखिएपछि सभामुख अग्नि सापकोटाले अचानक संसद बैठकसमेत स्थगित गरेका छन् ,’ स्रोतले भन्यो ।
यसअघि सभामुखले १६ माघमा प्रतिनिधि सभाको बैठक तोकेका थिए। प्रधानमन्त्रीबाट एमसीसी प्रस्ताव आउने संकेतकै कारण उनले २६ माघलाई संसद् बैठक तोकेका छ। यस्तै, अमेरिकाले पनि नेपालले १ फेब्रुअरीसम्ममा एमसीसी प्रस्ताव पास नगरे यो कार्यक्रम नै फिर्ता लैजाने जनाएको छ।





























प्रतिक्रिया