चिसोबाट जाेगाउन ९० जनालाई वडा कार्यालयले बाँड्याे सिरक डस्ना

चिसोबाट जाेगाउन ९० जनालाई वडा कार्यालयले बाँड्याे सिरक डस्ना

केन्द्रबिन्दु
0
Shares

बाक्लो हुस्सु र चिसो हावाका कारण अत्याधिक चिसो बढेपछि उदयपुरको त्रियुगा नगरपालिका-१ ले ९० दलित, विपन्न तथा एकल महिलालाई सिरक वितरण गरेको छ।

त्रियुगा नगरपालिका-१ जोगिदहले जेष्ठ नागरिक ५६ जना, एकल महिला र दलित ३४ गरी ९० जनालाई एक/एक थान सिरक, डस्ना, तन्ना, तकिया र सुपानेट झुल वितरण गरेको हाे।

वडाध्यक्ष मनोजकुमार चौधरीले बाक्लो हुस्सु र चिसो हावाका कारण जनजीवन कष्टकर बनेपछि सहयाेग गरिएकाे बताए।

उदयपुरको बेलका, चौदण्डीगढी, त्रियुगा कटारी नगरपालिकाको जनजीवन प्रभावित भएको छ।

Skip This
Skip This
Logo