अनियमितता गरेको भन्दै चौतारा साँगाचोकगढी-८ काे वडा कार्यालयमा स्थानीयद्वारा ताला

अनियमितता गरेको भन्दै चौतारा साँगाचोकगढी-८ काे वडा कार्यालयमा स्थानीयद्वारा ताला

केन्द्रबिन्दु
0
Shares

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ८ ईर्खुको वडा कार्यालयमा स्थानीयले ताला लगाएका छन्। नागरिकले पाउने सुविधामा हेलचक्राई भएको भन्दै ५४  जना स्थानीयको हस्ताक्षरसहितको ध्यानाकर्षण पत्र टाँस्दै वडा कार्यालयमा तालाबन्दी गरिएको हो। 

स्थानीय धनबहादुर तामाङका अनुसार चौतारा साँगाचोकगढी नगरपालिका ८ अन्तर्गत, साविक ईर्खु गाविसका ९ वटा वडाभित्रका नागरिक तथा जनसमुदायहरूको उपस्थितिमा ३ बुँदे मागसहित तालाबन्दी गरिएको हो। 

उनीहरुले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा अनियमितता भएको, कोभिड–१९ लक्षित नगद हस्तान्तरणमा हेलचक्राई गरिएको र विभिन्न शीर्षकमा, बाख्रा वितरण र कृषि अनुदानमा अनियमितता गरेको लगायतका आरोप लगाएका छन्। 

यता संवादबाट सहमति निस्कने विकल्प हुँदा हुँदै स्थानीय अराजकरुपमा प्रस्तुत भएको भन्दै अध्यक्ष तिर्थबहादुर श्रेष्ठले दु:ख व्यक्त गरे। स्थानीयले राखेका माग वार्ता मार्फत् समाधान निकाल्न आफू तयार रहेको अध्यक्ष श्रेष्ठको भनाइ छ। माग पूरा गर्ने नाममा वडा कार्यालयमा टेबुल ठोक्ने र प्रतिनिधिमाथि अपशव्द प्रयोग भएको भन्दै उनले दु:ख व्यक्त गरे।

Logo