गरिब घरपरिवार पहिचान गर्न काठमाडौं महानगरले माग्यो २३१ कर्मचारी

गरिब घरपरिवार पहिचान गर्न काठमाडौं महानगरले माग्यो २३१ कर्मचारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरपालिकाले गरिब परिवार पहिचान तथा परिचय पत्र वितरण सर्वेक्षणका लागि २३१ जना कर्मचारी माग गरेको छ। 

महानगरले करारमा २१ जना सुपरिवेक्षक र २१० जना गणक माग गरेको हो। इच्छुकले सात दिनभित्र दरखास्त दिनु पर्नेछ।

सुपरीवेक्षणका लागि तथ्यांकशास्त्र, जनसंख्या, अर्थशास्त्र वा गणितमध्ये कुनै एक विषयमा कम्तिमा स्नातक गरेको हुनुपर्नेछ भने गणकका लागि पनि तिनै विषयमा  प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनुपर्नेछ।

१८ वर्ष पुगेर ४० वर्ष ननाघेकाले दरखास्त दिन सक्नेछन्।

Skip This
Skip This
Logo