नेपाल र माैरिससबीच आज दोस्रो मैत्रीपूर्ण खेल हुने

नेपाल र माैरिससबीच आज दोस्रो मैत्रीपूर्ण खेल हुने

केन्द्रबिन्दु
0
Shares

नेपाली राष्ट्रिय फुटबल टोलीले आज (मंगलबार) माैरिसससँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ। खेल बेलुका पौने ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ। आजको खेलका लागि प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पूर्व घोषित टोलीबाट दुई खेलाडी परिवर्तन गरेका छन्। डिफेण्डर अनन्त तामाङ र मिडफिल्डर प्रशान्त अवस्थीको ठाउँमा मनिष डाँगी र दर्शन गुरुङलाई राखिएको छ।

यसअघि गएको शनिबार भएको पहिलो खेलमा नेपालले माैरिससलाई १-० ले हराएको थियो। नेपालको जितमा विमल घर्तीमगरले निर्णायक गोल गरेका थिए । पहिलो मैत्रीपूर्ण खेलमा जित निकालेको नेपाल लगातार दोस्रो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछ।

लगातार दोस्रो जित निकाल्न सके फिफा वरीयतामा नेपालको स्थान सुधार हुने प्रशिक्षक अलमुताइरीको विश्वास छ। मरिसस पनि यो खेलमा जित निकाल्दै फर्कने योजनामा छ। 

कोरोना सङ्क्रमणका कारण पहिलो खेलमा मरिससका मुख्य चार खेलाडीले खेल्न पाएका थिएनन्। तर आज उनीहरुले खेल्ने छन्। मरिससका प्रशिक्षक टोनी मारिएले चार खेलाडी खेल्दा टिम थप बलियो हुने बताएका छन्। फिफा वरीयतामा नेपाल १६९ र मरिसस १७२ औं स्थानमा छ।

Skip This
Skip This
Logo