नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका कार्यकर्ताहरूले ललितपुरको पुलचोकमा सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की चढेको गाडिलाई बाटो छेकेर कालो झण्डा देखाएका छन् ।
सञ्चारमन्त्री कार्की चढेको गाडीलाई बाटो छेकेर नाराबाजी गर्दै कालो झण्डा देखाएको भिडियो सामाग्री अनेरास्ववियु नेता नारायण घर्तीले सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।
नाराजुलुसका क्रममा प्रहरीको सहयोगमा मन्त्री कार्कीको गाडी अघि बढेको हो । उनी निजी निवासबाट सिंहदरबार तर्फ जाँदै गरेको बताइएको छ ।
‘स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न सरकारले आलटाल गरिरहेको आन्दोलनकारीको भनाइ रहेको छ ।
Posted by Narayan Gharti on Monday, 31 January 2022





























प्रतिक्रिया