मोदी इनर्जी लिमिटेडले चौंथो वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको माघ १६ गते बसेको सञ्चालक समितिको बैठकले फागुन १० गते सभा बोलाएको हो।
सभा काठमाडौंस्थित डिल्लीबजारमा रहेको रजिष्टर्ड कार्यालयमा दिउँसो ३ बजे शुरु हुने कम्पनीले जनाएको छ ।
सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने र आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ।
यसका साथै सभाले कम्पनीको अधिकृत र जारी पूँजी वृद्धि गर्ने प्रस्तावसमेत पारित गर्नेछ।































प्रतिक्रिया