जेठ ४ मै एकै चरणमा स्थानीय तहको निर्वाचन हुन्छ : प्रधानमन्त्री देउवा

जेठ ४ मै एकै चरणमा स्थानीय तहको निर्वाचन हुन्छ : प्रधानमन्त्री देउवा

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी जेठ ४ मा स्थानीय तहको निर्वाचन हुने बताएका छन्। निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल जेठ ५ सम्म मात्र रहने र त्यसअघि नै निर्वाचन गर्नुपर्ने भन्दै सरकारलाई ताकेता गर्दै आइरहेको छ।

सत्तारुढ गठबन्धनबीच जेठमै स्थानीय तहको निर्वाचन गर्ने र त्यसका लागि संविधानसँग बाझिएका ऐन कानुन संशोधन गर्ने निर्णय गरे पनि कहिले निर्वाचन गर्ने भन्ने टुंगो लागिसकेको छैन। तर, कांग्रेस सभापतिसमेत रहेका देउवाले पार्टीका नेताहरूसँगको भेटमा ४ जेठमै निर्वाचन हुने जानकारी दिएका हुन्।

नेपाली कांग्रेस बागमती प्रदेशका प्रतिनिधिहरूसँग सोमबार साँझ बालुवाटारमा भेटघाटको क्रममा प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन ४ जेठमा गर्ने जानकारी गराएका हुन्। ‘प्रधानमन्त्रीज्यूले ४ जेठमै एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने जानकारी दिँदै तयार भएर लाग्न निर्देशन दिनुभएको छ,’ कांग्रेस बागमती प्रदेश समितिका एक नेताले भने । 

सरकारले स्थानीय तहको निर्वाचनको मितिबारे मंगलबार निर्वाचन आयाेगसँग छलफल गर्ने भएकाे छ।

Logo