नेपाल इन्स्योरेन्स कम्पनीले बुधबार (आज) बाट संस्थापक शेयर लिलामीमा ल्याएको छ। कम्पनीले ५० हजार कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो।
कम्पनीले प्रोडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रालिको नाममा रहेको उक्त शेयर विक्रीका लागि ३५ दिने सूचना जारी गरेको छ। यो शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू.४०० तोकिएको छ।
तोकिएको मूल्य र अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुले मात्र यो शेयरमा आवेदन दिन पाउँनेछन् ।
आवेदन कम्पनीको केन्द्रिय कार्यालय कमलादी, काठमाडौंमा बुझाउनु पर्नेछ।































प्रतिक्रिया