सुरक्षा समिति बैठकमा स्थानीय तहको निर्वाचनका विषयमा छलफल

सुरक्षा समिति बैठकमा स्थानीय तहको निर्वाचनका विषयमा छलफल

केन्द्रबिन्दु
0
Shares

केन्द्रीय सुरक्षा समितिको बैठकमा स्थानीय तहको निर्वाचनको विषयमा छलफल भएको छ। गृहमन्त्री बालकृष्ण खाणको आह्वानमा बुधबार बसेको बैठकमा स्थानीय तहको निर्वाचनमा आवश्यक पर्ने शान्ति सुरक्षाको विषयमा छलफल भएको हो। 

प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच ४ जेठमा स्थानीय तहको निर्वाचन गर्ने विषयमा छलफल भएको भोलिपल्ट बुधबार सुरक्षा समितिको बैठक बसेको हो। 

गृहसचिव टेकनारायण पाण्डे, प्रधानसेनापति प्रभुराम शर्मा, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धानका प्रमुख सहभागी बैठकमा गृहमन्त्री खाणले आसन्न निर्वाचनलाई लिएर सुरक्षा योजना पेस गर्न निर्देशन दिएका छन्। 

सोही बैठकमा वर्तमान शान्ति सुरक्षाको अवस्थाका बारेमा पनि छलफल भएको छ। एमसीसीको विषयलाई लिएर हुन सक्ने सुरक्षा चुनौतीका विषयमा पनि छलफल भएको छ।

Skip This
Skip This
Logo