नेकपा एमालेका भातृ संगठन अनेरास्ववियु, राष्ट्रिय युवा संघ नेपाल र अखिल नेपाल महिला संघ ताप्लेजुङकाे आयाेजनामा नमुना मतदान सम्पन्न भएकाे छ।

स्थानीय तहको निर्वाचन समयमै हुनु पर्ने भन्दै सरकारलाई दबाब दिनका लागि नमुना मतदान गरिएकाे आयाेजकले जनाएका छन्।
नमुना मतदानमा १५० जनाले सहभागिता जनाएका अनेरास्ववियुका पूर्वकेन्द्रिय सदस्य हेमराज निरौलाले बताए।

यसैबीच नेकपा एमालेले स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ। एमालेको बुधबार बसेको केन्द्रीय सचिवालयको बैठकले स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएको हो।
एमसीसी विकास परियोजना हो : एमाले उपमहासचिव ज्ञवाली
नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले एमसिसी एउटा विकास परियोजना मात्रै भएको बताउँदै सत्तारुढ गठबन्धनका नेताहरूले एमसीसी परियोजनालाई भूराजनीतिक प्रतिस्पर्धाको विषय बनाएको आरोप लगाएका छन् ।
राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा बुधबार आयोजना गरेको ‘स्थानीय तह निर्वाचन, संवैधानिक व्यवस्था र अबको राजनीति’ विषयक बहसमा उपमहासचिव ज्ञवालीले सत्ता गठबन्धनका नेताहरुले एमसीसीमार्फत भूराजनीतिक द्वन्द्व निम्त्याइरहेको आरोप लगाए ।
‘अहिले मुलुक अप्ठ्यारो स्थितिमा छ। यही बेला सत्तामा रहनुभएका नेताहरु जानी जानी एकखालको भू–राजनीतिक द्वन्द्व निम्त्याउदै हुनुहुन्छ,’ ज्ञवालीले भने ।
एमसिसी परियोजना एउटा विकास परियोजना भएको बताउँदै उनले त्यसलाई लिने कि नलिने नेपालको सार्वभौम संसदको, नेपालको राजनीतिक दलहरुको स्वेच्छिक रोजाइको विषय भएको बताए।
‘त्यो विषयलाई लिएर हामी सुनिरहेका छौँ भर्चुअल मिटिङहरु भइरहेका छन् । विदेशीको एडभाइस लिनेखालका कुराहरु भइराखेका छन् । एउटा विकास परियोजनालाई जानिजानि भूराजनीतिक प्रतिस्पर्धाको विषय बनाउने काममा सत्ता गठबन्धनकै नेताहरु लागिरहनुभएको छ । सरकार क्लियर होस् । हाम्रो प्रष्ट मान्यता छ, यो विषय संसदमा आउनुपर्छ र, सार्वभौमसत्ता सम्पन्न सांसदहरुले यस विषयमा आफ्नो स्वविवेकले निर्णय गर्न पाउनुपर्छ ’ उनले भने ।
तथाकथित गठबन्धका कार्यदलहरूको अध्याँरो घेराभित्र राखेर यसलाई गिजोल्न खोजेको उनले आरोप लगाए ।
ज्ञवालीले स्थानीय तहको निर्वाचनमा एमाले एक्लै लड्ने स्पष्ट पारे । एमालेले गरेको कामको आधारमा निर्वाचनमा जानका लागि कसैको बैशाखी टेक्नुपर्ने अवस्था नरहेको उनको दाबी थियो ।































प्रतिक्रिया