एमसीसी पारित भए देश समाप्त हुन्छ : नारायणमान बिजुक्छे

एमसीसी पारित भए देश समाप्त हुन्छ : नारायणमान बिजुक्छे

केन्द्रबिन्दु
0
Shares

नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे ( रोहित )ले एमसीसी संसदबाट पारित भए देश समाप्त हुने बताएका छन्।

बिहीवार विभिन्न सञ्चारगृहका प्रतिनिधिसँग संवाद गर्दै बिजुक्छेले एमसीसी कुनैपनि हालतमा पास गर्न नहुने र पास गर्न खोज्ने जो-कोही देशद्रोही हुने बताएका छन्।
 
नेपालका शीर्ष राजनीतिक दलका प्रमुख नेता केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल`प्रचण्ड´, तथा माधवकुमार नेपाल एक ढ्याकका दुई पाटा रहेको र एमसीसीको विषयमा सबै उतिकै जिम्मेवार रहेको आरोप लगाए।

उनले शीर्ष नेताहरूको सरकारी सुरक्षा घेरा हटाउनु पर्ने भन्दै पञ्चायतकालमा भारत भाग्लान् भनेर सुरक्षा दिइएको हो अहिले किन चाहियो, भन्दै प्रश्न गरे । उनले अमेरिकी स्वतन्त्रता आन्दोलनपछि एक लाख मानिस देशबाट निकालिएको भन्दै शीर्ष नेताहरूलाई अमेरिकी इतिहास पढ्न आग्रह गरेका छन । 

उनले भने, " यदि नेपालमा एमसीसी पास गरियो भने नेपालको हालत इरान र अफगानिस्तानको जस्तो हुन्छ। हाम्रा वीर पू्र्खाहरुले रगत र पसिनाले आर्जेको मुलुकको अस्तित्व नै सिधिन्छ, त्यसकारण एमसीसी कुनैपनि हालतमा पास गरिनु हुँदैन।"

बिजुक्छेले आफू ताजा जनादेशको पक्षमा रहेको र ताजा जनादेशले मात्रै जनताको अधिकारलाई सुनिश्चित गर्ने बताए। उनले सरकारले अविलम्व चुनावको मिति सार्वजनिक गर्नुपर्ने बताए। 

बिजुक्छे एमसीसीका विषयमा सुरुदेखि नै नेपालको हित विपरित रहेको भन्दै खुलेर विरोध गर्ने नेता हुन्।

Skip This
Skip This
Logo