स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमण दर घट्दै गएको बताएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगिता कौशल मिश्रले नेपालमा कोरोना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमण दर घट्दो अवस्था रहेको जानकारी दिएकी हुनु । शुक्रवार सञ्चारकर्मीसँग कुरा गर्दै उनले पहिले एक जना मान्छेमा भएको भाइरस ३ जनामा सर्ने गरेकोमा अहिले त्यो दर बिस्तारै घटिरहेको स्पष्ट पारिन । प्रवक्ता मिश्रले छिमेकी मुलुक भारतको आन्ध्र प्रदेशबाहेक अन्य राज्यहरूमा पनि ओमिक्रोनको संक्रमण दर घटी रहेको र त्यसको प्रभाव नेपाल परेको तथ्य पनि स्मरण गराएकी छन् । उनले स्वास्थ्य सतर्कता अपनाएकै कारण यसको संक्रमण दर घटेकाले यसको पालना गर्न पनि सबै नागरिकलाई पुनः सचेत गराइन । प्रवक्ता मिश्रले भनिन, ‘पछिल्लो डेटाको अनुसार नेपालमा अहिले इन्फेक्सनको दर घटेको देखिन्छ । भाइरसले संक्रमण गर्ने दर जुन पहिले थियो, जस्तो एउटा भाइरसले कुनै एउटा प्रदेशमा एउटा संक्रमित मान्छेले ३ जनालाई संक्रमित गर्थ्याे भने त्यो दरचाँही अव बिस्तारै घटिराखेको छ । र, यो अवस्था सबै प्रदेशमा छ । संक्रमण दर डिक्रिजिङ अवस्थामा छ । अनि मैले के जोड्न चाहे भने हाम्रो संक्रमण दर इन्डिया र चाइनासँग सधैँ जोडेर हेरेका छौँ हामीले । अनि इन्डियामा पनि आन्ध्र प्रदेशबाहेक सबै राज्यको संक्रमण दर बिस्तारै घटिराखेको छ । सोही अनुसार हाम्रो पनि संक्रमण दर घटिराखेको छ । तथापि सतर्कता अनिवार्य छ । बढी सतर्कता अपनाएर पनि यसको दर घटेको हुन सक्छ । स्वास्थ्य मापदण्ड अपनाउने, भिडभाडमा नजाने र खोप लगाउने काम गर्नु प¥यो । हाम्रो प्रक्षेपण चाहिँ के छ भने यसको दर घट्दो अवस्थामा छ ।’
यस्तै नेपाली नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन अभाव नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता मिश्रले नागरिकलाई कोरोना विरुद्धको खोप लगाउन कुनै कमी नहुने गरी आवश्यक व्यवस्था गरिएको बताइन् । उनका अनुसार खोपको अभाव हुन नदिन प्रदेश स्तरमै भण्डार केन्द्रहरूको व्यवस्था भएको र हुँदै गएको बताइन् । त्यसै गरी सो खोप लगाउने काममा पनि कोही नागरिक नछुटुन् भनेर सरकारले नागरिकता लगायतका डकुमेन्टहरू नहुँदा पनि खोप लगाउन पाउने व्यवस्था गरेको प्रवक्ता मिश्रले स्पष्ट पारिन् ।
उनले, ‘पहिलो कुरा भयो खोपको उपलब्धता । हालको अवस्था हेर्नु भयो भने हामीसँग खोपको कुनै कमी छैन । विभिन्न प्रकारका खोप पाइपलाइन पनि छ । र यदि कुनै खोप छैन भने त्यसको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा स्वास्थ्य मन्त्रालय एकदमै सिरियसली लागि राखेको छ । दोस्रो कुरा, स्वास्थ्य मन्त्रालयले संघीय मन्त्रालय भएको हुनाले स्वास्थ्य मन्त्रालयले खोपको व्यवस्थापन गर्ने हो र खोप जिल्ला जिल्लामा उपलब्ध गराई दिनुपर्ने हुन्छ । त्यो हिसाबले समयमै खोप उपलब्ध गराउनका लागि कतिपय ठाउँमा त भण्डारण केन्द्रको स्थापना पनि भइसकेको छ । मन्त्रालयले त्यो दिशामा पनि काम गरेको छ । स्थानीय निकायसँगको समन्वय एकदमै बढाएको छ । कुनै पनि व्यक्ति खोप लगाउनबाट नछुटुन् भनेर खोप लगाउनका लागि नागरिकतालगायतको डकुमेन्ट अनिवार्य पनि गराइएको छैन । तर त्यसका लागि स्थानीय वडाध्यक्षले भने भनिदिनुपर्ने हुन्छ ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउने र स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न पनि सबै नागरिकलाई पटक पटक अपिल गर्दै आएको छ ।
हामीसँग खोपको कमी छैन: स्वास्थ्य मन्त्रालय
हामीसँग खोपको कमी छैन: स्वास्थ्य मन्त्रालय
Posted by Kendrabindu – केन्द्रबिन्दु on Friday, 4 February 2022































प्रतिक्रिया