प्रहरीले राहदानी विभागको अनलाइन फर्म किर्ते गरि ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका-११ त्रिपुरेश्वरस्थित राहदानी विभागको हाता बाहिर राहदानीको अनलाइन फर्मको किर्ते गरि सेवाग्राहीबाट रकम लिने तीन जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक जुगल गाउँपालिकाका ३५ वर्षीय दिनेश तामाङ, लमजुङ बेशीशहर नगरपालिकाका ४० वर्षीय नविनकुमार श्रेष्ठ र सुर्खेत वीरेन्द्रनगरका ३६ वर्षीय यमबहादुर थापामगर रहेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले राहदानीको अनलाइन फर्म किर्ते गरि सेवाग्राहीबाट रकम असुल उपर गरेको गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको बताएका छन् ।
उनीहरूको साथबाट ४० हजार नगद, एक थान कम्प्युटर, एक थान ल्यापटप, एक थान प्रिन्टर र ५० थान किर्ते गरिएका कागजपत्र बरामद गरिएको प्रहरीले जनाएको छ। काठमाडौं जिल्ला अदालतबाट सात दिनको अनुमति लिएर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।































प्रतिक्रिया