मधेसका तीन जिल्लामा एमाले अधिवेशनकाे नयाँ मिति ताेकियाे

मधेसका तीन जिल्लामा एमाले अधिवेशनकाे नयाँ मिति ताेकियाे

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले)ले मधेस प्रदेशका तीन जिल्लामा अधिवेशनकाे मिति तय गरेको छ। प्रदेश कमिटीको शुक्रबार साँझकाे बैठकले सर्लाही, धनुषा र महोत्तरीको अधिवेशन क्रमश: ७-८ फागुन, ९-१० फागुन र ११-१२ फागुनका लागि तय गरेकाे हाे।

आसन्न निर्वाचनसमेत नजिकै आइसकेकाले प्रदेश अधिवेशनभन्दा अघि जिल्ला अधिवेशन निर्धारित मितिमा सम्पन्न गर्नैपर्ने चुनौती रहेको प्रदेश इन्चार्ज रघुवीर महासेठले बताए।

प्रदेशका कतिपय जिल्लामा एक पक्षले अधिवेशन सम्पन्न भइइसकेको बताउँदै आएकाे छ भने अर्को पक्षले विराेध गर्दै आएकाे छ।

महोत्तरीमा चार केन्द्रीय सदस्यमध्ये दुई जना एउटा कित्तामा र दुई जना अर्को कित्तामा उभिएका छन्। एमाले पोलिटब्युरो सदस्यसमेत रहेका रामदयाल मण्डल र केन्द्रीय सदस्य बुधिनीदेवीले जिल्ला कमिटीका लागि सपथसमेत खुवाए भने केन्द्रीय सदस्यद्वय सरोज यादव र टेकबहादुर बलाम्पाकीले विराेध गर्दै आएका छन्।

कोभिडको कारण देखाउँदै पूर्वनिर्धारित मितिमा अधिवेशन हुन सकेकाे थिएन।

Logo