दुर्गा प्रसाईंले पत्रकारलाई धम्की दिएकाे भन्दै कानुनी कारबाही गर्नुपर्ने माग

दुर्गा प्रसाईंले पत्रकारलाई धम्की दिएकाे भन्दै कानुनी कारबाही गर्नुपर्ने माग

केन्द्रबिन्दु
0
Shares

नेपाल पत्रकार महासङ्घले झापास्थित बिएन्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले पत्रकारलाई धम्की दिएको भन्दै आपत्ति जनाएको छ। 

अस्पतालका बारेमा एक सञ्चारमाध्यममा प्रकाशित समाचारको खण्डनका लागि निर्देशक प्रसाईंले पत्रकार सम्मेलन गरेर पत्रकारलाई सार्वजनिक रूपमा धम्की दिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी काम भएको महासङ्घको भनाइ छ। 

महासङ्घ झापा शाखाका अनुसार कार्यकारी निर्देशक प्रसाईंले अस्पतालबारे एक सञ्चार माध्यममा आएको समाचारको खण्डन गर्न माघ १९ गते पत्रकार सम्मेलनको आयोजना गरि पत्रकारिताको बदनामसँगै पत्रकारलाई सार्वजनिक रूपमा ठाडो धम्की दिएका थिए।

महासङ्घले विज्ञप्ति जारी गरि पत्रकारलाई पेसाप्रति हतोत्साहित र त्रसित बनाउने गरि धम्की दिनेलाई कानुनी कारबाही गरि सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग मागसमेत गरेको छ। 

“कुनै पनि सञ्चार माध्यममा सम्प्रेषित समाचारप्रति चित्त नबुझे वा कुनै गुनासो रहे त्यसउपर कानुनी उपचार खोज्न सकिने प्रावधान र स्थापित पद्धति छ, यसलाई बेवास्ता गर्दै अस्पतालजस्तो संवेदनशील निकायका जिम्मेवार व्यक्तिबाट पत्रकारलाई सार्वजिक रूपमा ठाडो धम्की दिनु आपत्तिजनक हुनाका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी काम हो”, महासङ्घको विज्ञप्तिमा भनिएको छ।रासस

Skip This
Skip This
Logo