बेइजिङ हिउँदे ओलम्पिकमा चीनले आफ्नो संस्कृति चोरेको दक्षिण कोरियाको आरोप

बेइजिङ हिउँदे ओलम्पिकमा चीनले आफ्नो संस्कृति चोरेको दक्षिण कोरियाको आरोप

केन्द्रबिन्दु
0
Shares

दक्षिण कोरियाली नेता र कार्यकर्ताहरुले चीनले आफ्नो संस्कृति चोरेको आरोप लगाएका छन्। बेइजिङ हिउँदे ओलम्पिकको उद्घाटन समारोहमा एक जना चिनियाँ महिला कलाकारले परम्परागत कोरियाली लुगा लगाएको भन्दै दक्षिण कोरियाले चीनमाथि संस्कृति चोरीको आरोप लगाएको हो।

उद्घाटन समारोहको प्रस्तुतिमा एक चिनियाँ महिलाले लगाएको सेतो र प्याजी रंगको पोसाक (ह्यानबक) आफ्नो देशको परम्परागत संस्कृति भएको कोरियालीले दाबी गरेका छन्। पोसाक नक्कलप्रति दक्षिण कोरियाली नेताहरुले निन्दा गरेका छन्।

दक्षिण कोरियाले चीनमाथि आफ्नो संस्कृति चोरेको आरोप लगाएको यो पहिलो घटना हो। यसअघि कोरियाले आफ्नो परम्परागत खानेकुरा किम्ची चोरेको चीनले आरोप लगाएको थियो।एजेन्सी

Skip This
Skip This
Logo