गठबन्धन कायम राख्न पार्टी नेतृत्वलाई रामचन्द्र पौडेलको दबाब (भिडियाे)

गठबन्धन कायम राख्न पार्टी नेतृत्वलाई रामचन्द्र पौडेलको दबाब (भिडियाे)

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तारुढ गठबन्धनलाई कायमै राखेर अघि बढ्न पार्टी नेतृत्वलाई दबाब दिएका छन् ।

एमसीसीको विषयलाई लिएर प्रधानमन्त्री एवम् काँग्रेस सभापति देउवा र सत्तारुढ गठबन्धनमा आबद्ध अन्य दलहरुबीच मतभेद भइरहेका बेला वरिष्ठ नेता पौडेलले आगामी निर्वाचन जित्नका लागि पनि सत्तारुढ गठबन्धनलाई निरन्तरता दिएर जान उपयुक्त हुने प्रतिक्रिया दिएका हुन् ।

आइतबार पार्टीले पोखरामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सत्तारुढ गठबन्धनकै कारण पार्टीले राष्ट्रियसभा निर्वाचनमा पनि जित हात पार्न सफल भएको दृष्टान्त पेस गर्दै त्यसलाई नकारेर अघि नबढ्न पार्टी नेतृत्वलाई सचेत गराएका हुन् । वरिष्ठ नेता पौडेलले पार्टी कमजोर भएका ठाउँमा अन्य दलसँग मिलेर चुनाव जितिन्छ भने त्यसमा मिलेर किन नजाने ? भनी पार्टी नेतृत्वलाई प्रश्न गरेका छन् । कास्कीमा एक्लै चुनाव लडेर जित्न नसकिने भन्दै उनले त्यस्ता ठाउँमा गठबन्धन कायमै राखेर चुनावमा जानुपर्ने तर्क गरेका हुन् । 

वरिष्ठ नेता पौडेलले भने, ‘काँग्रेस अव जाने कहाँ ? म के भन्न चाहन्छु भने आजसम्म जे गर्दा काँग्रेसले सफलता प्राप्त गरेको छ । यसलाई त हामी मान्छौ नि त । हामीले सरकारको प्रधानमन्त्री पद पनि पाएकै हो । हामीले संसद्मा आफ्ना ६ जना साथी जिताउन सकेकै हो । हाम्रा ३ जना खाली भएका थिए । ६ जना प्राप्त गर्‍यौँ । त्यो एक्लै पाएको हो ? त्यो पाँच दल मिलेर पाएको हो कि, होइन ? पाँच दल मिलेर हामीले प्राप्त गर्‍यौ नि त । ३ जना थिए राष्ट्रियसभामा हाम्रा । ३ जनाको ठाउँमा हामीले ६ जना पु¥यायौं । त्यो उपलब्धि हो नि त । यसलाई हामी नकार्न सक्दैनौ नि । भनेपछि भोलि पनि चुनाव लड्दा यही कास्की जिल्लालाई उदाहरण दिएर म भन्न चाहन्छु–के एक्लै लड्ने हो ? कि मिल्नुपर्छ अरूसँग ? जहाँ हामी एक्लै लडेर जित्न सक्छौँ, त्यहाँ एक्लै लडौँ । जहाँ एक्लै लडेर सर्लक्कै जित्न सकिन्छ, त्यसमा किन अर्कालाई भाग दिनु प¥यो ? तर जहाँ आफ्नो स्थिति पनि कमजोर छ । उताको स्थिति पनि कमजोर छ भने पछि दुईटा मिल्दा जितिन्छ भने किन नमिल्ने ?’ यौ नि त । ३ जना थिए राष्ट्रियसभामा हाम्रा । ३ जनाको ठाउँमा हामीले ६ जना पुर् यायौं । त्यो उपलब्धि हो नि त । यसलाई हामी नकार्न सक्दैनौ नि । भनेपछि भोलि पनि चुनाव लड्दा यही कास्की जिल्लालाई उदाहरण दिएर म भन्न चाहन्छु–के एक्लै लड्ने हो ? कि मिल्नुपर्छ अरूसँग ? जहाँ हामी एक्लै लडेर जित्न सक्छौँ, त्यहाँ एक्लै लडौँ । जहाँ एक्लै लडेर सर्लक्कै जित्न सकिन्छ, त्यसमा किन अर्कालाई भाग दिनु पर्यो ? तर जहाँ आफ्नो स्थिति पनि कमजोर छ । उताको स्थिति पनि कमजोर छ भने पछि दुईटा मिल्दा जितिन्छ भने किन नमिल्ने ?’

वरिष्ठ नेता पौडेलले एक्लै लडेर चुनाव जितिने ठाउँमा भने पार्टीले एक्लै चुनाव लड्दा हुने पनि बताए । उनले सत्तारुढ गठबन्धनलाई कायमै राखेर जाँदा काँग्रेसलाई फाईदैफाईदा हुने दाबी समेत गरेका छन् ।

 

Skip This
Skip This
Logo