पेनाल्टी सुट आउटमा इजिप्टलाई पराजित गर्दै सेनेगलले पहिलो पटक अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको छ।
आइतबार राति क्यामरुनमा भएको फाइनल खेलमा निर्धारित समय र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेलको छिनोफानो पेनाल्टी सुट आउटमा भएको थियो।
मानेले निर्णायक पेनाल्टी प्रहार गर्दा सेनेगल ४-२ ले विजयी भयो।
यसअघि खेलको सातौं मिनेटमा लिभरपुलका फरवार्ड साडियो मानेले पाएको पेनाल्टी सदुपयोग गर्न नसक्दा सेनेगलले अग्रता बनाउने अवसर गुमाएकाे थियाे।































प्रतिक्रिया