एमसीसीलाई पत्र लेखेकोमा देउवा र प्रचण्डले जनतासँग माफी माग्नु पर्छ : कमल थापा

एमसीसीलाई पत्र लेखेकोमा देउवा र प्रचण्डले जनतासँग माफी माग्नु पर्छ : कमल थापा

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एमसीसी पदाधिकारीलाई पत्र लेख्नु कुटनीतिक मर्यादा विपरित रहेको टिप्पणी गरेका छन्। 

थापाले प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा एमसीसीका पदाधिकारीलाई २९ सेप्टेम्बर २०२१ मा लेखिएको पत्र कुटनीतिक मर्यादा विपरित भएकाे बताए।

पत्र कानुन, संविधानको स्थापित मान्यता एवं राष्ट्रहित प्रतिकुल रहेको उनको भनाइ छ। उक्त पत्र अहिलेसम्म गोप्य राख्नु आपत्तिजनक रहेको भन्दै उनले भनेका छन्, 'उहाँहरूले जनता समक्ष माफी माग्नु पर्छ।'

Skip This
Skip This
Logo