लिभरपुल पाँचौँ चरणमा, लेस्टर बाहिरियो

लिभरपुल पाँचौँ चरणमा, लेस्टर बाहिरियो

केन्द्रबिन्दु
0
Shares

इंग्लिस क्लब लिभरपुल एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेकाे छ। याेसँगै लेस्टर सिटी बाहिरिएको छ। 

आइतबार भएको खेलमा कार्डिफ सिटीलाई ३-१ अन्तरले हराउँदै लिभरपुलले पाँचौं चरणमा स्थान बनाएकाे हाे। लिभरपुलको जितमा डिएगो जोटा, ताकुमी मिनामिनो र हार्भे इलिओटले १-१ गोल गरे। कार्डिफका रुबिन कोलविलले सान्त्वना गोल गरे। 

अर्को खेलमा लेस्टर सिटी नटिंगघम फरेस्टसँग ४-१ अन्तरले पराजित हुँदै  बाहिरियो।

Skip This
Skip This
Logo