कांग्रेस प्रवक्तामा डा. प्रकाशशरण महत नियुक्त

कांग्रेस प्रवक्तामा डा. प्रकाशशरण महत नियुक्त

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको प्रवक्तामा डा.प्रकाशशरण महत नियुक्त भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले महतलाई सोमबार बिहान प्रवक्ता मनोनयन गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

कांग्रेसको विधानमा प्रवक्तालाई पदाधिकारीसरहको हैसियत दिइएको छ। विश्वप्रकाश शर्मा कांग्रेस महामन्त्रीमा निर्वाचित भएपछि सो पद रिक्त भएको थियो । 

महत कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएका थिए। उनलाई केन्द्रीय सदस्य मनोनयन गरि केन्द्रीय कार्यसम्पादन समितिको सदस्य बनाइएको छ।

Skip This
Skip This
Logo