मलेसियन अटो मेकर प्रोटोनको सब कम्प्याक्ट एसयुभी एक्स ५० नेपाल आउने भएको छ। यो एसयुभीलाई केही समयभित्रै नेपाल भित्र्याउने तयारी थालिएको आधिकारिक वितरक जगदम्बा मोटर्सले जनाएको छ।
यसअघि सागा सेडान र एक्स ७० एसयुभी आयात गरि कारोबार गर्दै आएको कम्पनीले भित्र्याउन लागेको यो नयाँ एसयुभीको फ्ल्यागसिप मोडलमा १.५ लिटर टिजिडिआई इन्जिन जडान गरिएको छ। जसको अधिकतम पावर १७७ पिएस र टर्क २५५ एनएम रहेको छ। म्यानुअल मोडसहितको ७ स्पिड डुअल क्लच ट्रान्समिसन, ३ प्रकारका ड्राइभिङ मोड, इलेक्ट्रिक पार्किङ ब्रेक र अटो ब्रेक होल्ड जस्ता फिचर्स उपलब्ध गराइएको यो एसयुभीको इन्जिनलाई रिमोटको सहायतामा स्टार्ट गर्न सकिन्छ।
स्टाइलिस डिजाइनमा निर्माण गरिएको यो एसयुभी डुअल टोन कलरमा उपलब्ध रहँदै आएको छ। पूर्णत एलइडी हेडल्याम्प, १८ इन्चको एलोई ह्विल र पानारोमिक सनरुफ जस्ता फिचर्सले यसको एक्सटेरियरलाई आकर्षक र स्पोर्टी देखाएको छ।
प्रोटोन लिंक एपमार्फत यो एसयुभीलाई रिमोट कन्ट्रोलबाटै स्टार्ट गर्न र एसीलाई कन्ट्रोल गर्न सकिन्छ। यो एसयुभीमा १०.२५ इन्चको इन्फोटेन्मेन्ट सिस्टम दिइएको छ। यसको सहायतामा भ्वाइस कमान्ड, अनलाइन नेभिगेसन, अनलाइन म्युजिक स्ट्रिमिङ एन्ड वेदर फोरकास्ट र स्मार्ट फोन कनेक्टिभिटी जस्ता फिचर्स प्रयोग गर्न सकिन्छ। चालक र यात्रुको सहजताका लागि विभिन्न डिभाइसहरुलाई चार्ज गर्न क्याबिनको अगाडि एउटा र पछाडि २ वटा युएसबी पोर्ट उपलब्ध गराइएको छ। यसको इन्टेरियरलाई आकर्षक डुअल टोन कलरमा समायोजन गरिएको छ।
यसमा ६ वटा एसआरएस एयर ब्याग, इलेक्ट्रोनिक स्टाबिलिटी कन्ट्रोल, अटोनोमस इमर्जेन्सी ब्रेकिङ, स्टप एन्ड गो सहितको एडप्टिभ क्रुज कन्ट्रोल, इन्टेलिजेन्ट क्रुज कन्ट्रोल, लेन किप एसिस्ट, ब्लाइन्ट स्पट इन्फर्मेसन सिस्टम, इन्टेलिजेन्ट हाइ बिम कन्ट्रोल, टायर प्रेसर मोनिटरिङ सिस्टम, अटो पार्क एसिस्ट र ३६० क्यामेरा लगायत अन्य थुप्रै सेफ्टि फिचर्स उपलब्ध छ।
गाडीमा सवार चालकको कम्फर्टका लागि ड्राइभर पावर सिट, अटो एयर कन्डिसनिङ, रियर एयर भेन्ट, एन ९५ क्याबिन फिल्टर र अटो रेन सेन्सिङ फ्रन्ट वाइपर दिइएको छ। अन्तर्राष्ट्रिय बजारमा स्टान्डर्ड, एक्ज्युकेटिभ, प्रिमियम र फ्ल्यागसिप गरि कुल ४ भेरियन्टमा उपलब्ध यो एसयुभीको मूल्य नेपाली बजारमा ७५ लाख रुपैयाँदेखि शुरु हुने अनुमान लगाइएको छ।































प्रतिक्रिया