माओवादीले माघ २८ र २९ गतेका लागि बोलायो केन्द्रीय समिति बैठक

माओवादीले माघ २८ र २९ गतेका लागि बोलायो केन्द्रीय समिति बैठक

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले समसामयिक राजनीतिक विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बैठक माघ २८ र २९ गतेका लागि बोलाइएको हो। 

कोरोनाका कारण पटकपटक स्थगित हुँदै आएको बैठक यसपटक भौतिकरुपमा नै बस्न लागेको हो। बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी), स्थानीय तहको निर्वाचनको घोषणापछिको अवस्था, पार्टीको पदाधिकारी चयन लगायतका विषयमा छलफल हुने बताइएको छ।

गत पुसमा आठौँ महाधिवेशन सम्पन्न गरे पनि माओवादीले अध्यक्ष बाहेक अन्य पदाधिकारी चयन गरेको छैन। बैठकमा केन्द्रीय सदस्यको मनोनयन, पोलिटव्यूरो, स्थायी समितिको चयन एवम् पदाधिकारी चयन गर्ने र अन्य समसामयिक राजनीतिक विषयमा छलफलका लागि बैठक बोलाइएको माओवादीले जनाएको छ।

Skip This
Skip This
Logo