रहेनन् ‘महाभारत’ का ‘भीम’ अर्थात् प्रवीणकुमार

रहेनन् ‘महाभारत’ का ‘भीम’ अर्थात् प्रवीणकुमार

केन्द्रबिन्दु
0
Shares

लोकप्रिय धार्मिक धारावाहिक महाभारतका ‘भीम’ अर्थात् प्रवीणकुमार सोबतीको ७४ वर्षको उमेरमा निधन भएको छ। अभिनेता स्पाइनल समस्याबाट ग्रस्त थिए। यद्यपि उनको निधनको प्रमुख कारणबारे केही खुलाइएको छैन। फिल्ममा काम गर्नुअघि प्रवीण एथलेटिक्सका खेलाडी थिए।

प्रवीण लामो समयदेखि घरमै थिए। स्वास्थ्य अवस्था ठिक नभएपछि चिकित्सकले पनि उनलाई कैयौं खानेकुरामा प्रतिबन्ध लगाएका थिए।

अभिनयमा आउनुअघि प्रवीण एक हेमर र डिस्कस थ्रो एथलिट थिए। उनले एसियन गेम्समा चार मेडल (दुई स्वर्ण, एक रजत र एक कास्य) जितेका थिए। उनले दुई ओलम्पिक खेलमा पनि भारतको प्रतिनिधित्व गरेका थिए।

खेलमा राम्रो योगदान पुर्याएका उनलाई ‘अर्जुन अवार्ड’ दिइएको थियो। यो अवार्डसँगै उनले बोर्डर सेक्युरिटी फोर्समा डेपुटी कमान्डेन्टको जागिर पाएका थिए। खेलकुदमा सफल भएपछि उनले फिल्ममा आउने निर्णय लिएका थिए।

प्रवीणले सन् १९८१ मा रिलिज फिल्म ‘रक्षा’बाट डेब्यू गरेका थिए। तर उनले पहिचान भने ‘महाभारत’को ‘भीम’बाट पाए। उनको अन्तिम फिल्म सन् १९९८ मा रिलिज ‘ट्रन टु पाकिस्तान’ थियो।

Skip This
Skip This
Logo