सभामुखले बुधबारका लागि बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

सभामुखले बुधबारका लागि बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

केन्द्रबिन्दु
0
Shares

सभामुख अग्निप्रसाद सापकोटाले बुधबार कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले बुधबार बिहान ११ बजे कार्यव्यवस्था समितिको बैठक बोलाएको जानकारी दिए ।

सभामुखले बुधबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाएका छन्। त्यसअघि नै कार्यव्यवस्था समितिको बैठक डाकिएको हो । 

भोलिको कार्यव्यवस्था परामर्श समितिको बैठकले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबुल गर्ने कि नगर्ने भन्ने विषय टुंगो लगाउने स्रोतले बतायो।

Skip This
Skip This
Logo