राष्ट्रिय प्रसारण नियमावली स्वीकृत गर्ने सरकारको निर्णय (मन्त्रीपरिषद्का निर्णयहरूसहित)

राष्ट्रिय प्रसारण नियमावली स्वीकृत गर्ने सरकारको निर्णय (मन्त्रीपरिषद्का निर्णयहरूसहित)

केन्द्रबिन्दु
0
Shares

सरकारले राष्ट्रिय प्रसारण (एघारौं संशोधन) नियमावली, २०७८ स्वीकृत गर्ने भएको छ ।

सोमबार बसेको मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय प्रसारण (एघारौं संशोधन) नियमावली, २०७८ स्वीकृत गर्ने निर्णय गरेको बताएका हुन् । त्यस्तै सरकारलेधितो पत्र दर्ता तथा निष्कासन पाँचौ संशोधन नियमावली २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ । सञ्चार मन्त्री कार्कीका अनुसार निर्वाचन आयोगबाट प्राप्त परामर्श बमोजिम स्थानीय तहको निर्वाचन ऐन २०७३ को दफा ४ को उपदफा (१) बमोजिम वि.स २०७९ साल वैशाख ३० गते शुक्रवारको दिन ७५३ वटा स्थानीय तहमा एकै चरणमा निर्वाचन गर्ने निर्णय गरेको छ । 

त्यस्तै, सरकारले बर्ड फ्लू नियन्त्रण गर्न मोरङ जिल्लाको विराटनगर महानगरपालिका वडा नम्बर १८ मा हिमालयन कृषि फार्मलाई केन्द्रबिन्दु मानी बर्डफ्लू रोग प्रभावित क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । सरकारले सिंगापुर, इटालीको रोम र रोमानियाको बुखारेष्टमा कार्यरत अवैतनिक नेपाली महावाणिज्यदुतहरुको अवधि थप गर्ने निर्णय गरेको छ । त्यस्तै, डिजिटल प्रणालीमार्फत नापनक्सा तथा जग्गा प्रशासन सम्बन्धी सेवा प्रवाह निर्देशिका २०७८ स्वीकृत गर्ने निर्णय पनि सरकारले गरेको छ ।  पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना कार्यान्वयनले गोरखाको कार्यक्षेत्र भित्र पर्ने नुवाकोट जिल्लाको सडक सीमा भित्र परेका तीन वटा घरटहराको राहत स्वरुप क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृत प्रदान गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले बताए । उनले सरकारले बालअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि १९८९ को छैटौँ आवधिक प्रतिवेदन स्वीकृत गरी संयुक्त राष्ट्र संघमा पेस गर्ने अनुमति प्रदान गर्ने निर्णय गरेको बताए । 

त्यस्तै सरकारले फेवातालको जलाधार क्षेत्रलाई संरक्षित जलाधार क्षेत्र घोषणा गर्ने निर्णय पनि गरेको छ । प्रवक्ता कार्कीले लोक सेवा आयोग तथा बढुवा समितिको सिफारिस बमोजिम विभिन्न सेवा, समूहका राजपत्राङ्कित द्धितिय श्रेणीका अधिकृतहरूलाई सम्बन्धित सेवा, समूहको राजपत्राङ्कित प्रथम श्रेणीको सहसचिव पदमा बढुवा, नियुक्ति तथा पदस्थापन गर्ने निर्णय समेत गरेको बताए ।

सञ्चारमन्त्री कार्कीले भने,‘धितो पत्र दर्ता तथा निष्कासन पाँचौ संशोधन नियमावली २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ ।  बर्ड फ्लु नियन्त्रण गर्न मोरङ जिल्लाको विराटनगर महानगरपालिका वडा नम्बर १८ मा हिमालयन कृषि फार्मलाई केन्द्रबिन्दु मानी बर्डफ्लु रोग प्रभावित क्षेत्र घोषणा गर्ने । निर्वाचन आयोगबाट प्राप्त परामर्श बमोजिम स्थानीय तहको निर्वाचन ऐन २०७३ को दफा ४ को उपदफा १ बमोजिम वि.स २०७९ साल वैशाख ३० गते शुक्रवारको दिन ७५३ वटा स्थानीय तहमा एकै चरणमा निर्वाचन गर्ने  । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण पहिलो संशोधन नियमावली २०७८ स्वीकृत गर्ने, सिंगापुर, इटालीको रोम र रोमानियाको बुखारेष्टमा कार्यरत अवैतनिक नेपाली महावाणिज्यदुतहरुको अवधि थप गर्ने निर्णय गरेको छ । त्यस्तै, डिजिटल प्रणाली मार्फत नाप नक्सा तथा जग्गा प्रशासन सम्बन्धी सेवा प्रवाह निर्देशिका २०७८ स्वीकृत गर्ने,  पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजना कार्यान्वयनले गोर्खाको कार्यक्षेत्र भित्र पर्ने नुवाकोट जिल्लाको सडक सीमा भित्र परेका तीन वटा घर टहराको राहत स्वरुप क्षतिपूर्ति उपलब्ध राउन स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ । बालअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि १९८९ को छैटौँ आवधिक प्रतिवेदन स्वीकृत गरी संयुक्त राष्ट्र संघमा पेस गर्ने अनुमति प्रदान गर्ने । २०७८ फागुन ४ र ५ गते नर्वेमा भर्चुअल माध्यमबाट हुने दोस्रो ग्वोवल डिसावलिटी समिटमा भाग लिन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मी नेतृत्वको प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृत गर्ने निर्णय गरेको छ ।  फेवातालको जलाधार क्षेत्रलाई संरक्षित जलाधार क्षेत्र घोषणा गर्ने । राष्ट्रिय प्रसारण(एघारौं संशोधन) नियमावली,२०७८ स्वीकृत गर्ने। नसर्ने रोगहरुको रोकथाम तथा नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना स्वीकृत गर्ने ।  लोक सोवा आयोग तथा बढुवा समितिको सिफारिस बमोजिम विभिन्न सेवा,समूहका राजपत्राङ्कित द्धितिय श्रेणीका अधिकृतहरूलाई सम्बन्धित सेवा,समूहको राजपत्राङ्कित प्रथम श्रेणीको सहसचिव पदमा बढुवा नियुक्त तथा पदस्थापन गर्ने निर्णय सरकारले गरेको छ ।’

सरकारका प्रवक्ता कार्कीले सरकारले नसर्ने रोगहरुकोे रोकथाम तथा नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना स्वीकृत गर्ने निर्णय गरेको बताए ।

Logo