किन तोडे कमल थापाले ‘गीता’को कसम ? (भिडियाे)

किन तोडे कमल थापाले ‘गीता’को कसम ? (भिडियाे)

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा पूर्व अध्यक्ष कमल थापाले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

मंगलवार गृहनगर मकवानपुरमा पत्रकार सम्मेलन गर्दै पूर्व अध्यष थापाले पार्टी परित्यागको घोषणा गरेका हुन् । उनले पार्टीभित्र देखापर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधारेर आफू बाँकी समयमा पार्टी भित्रै बिताउने र पार्टीमा चाहना भए पनि आफ्नो कुराको सुनुवाई नहुँदा पार्टी परित्याग गर्न बाध्य भएको बताए । पूर्व अध्यक्ष थापाले राप्रपाका कुनै नेताहरुप्रति आफ्नो वैरभाव नरहेको पनि स्पष्ट समेत पारेका छन् ।

थापाले भने, ‘अत्यन्त भारी मन तथा पीडा बोधकासाथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय गरेको छु । पार्टीभित्र देखापर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधारेर मेरो बाँकी क्रियाशील जीवन पार्टी भित्रै बिताउने र पार्टीमा नै रमाउने उत्कट चाहना भए पनि आफ्नो कुराको सुनुवाई नहुने भएपछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएको हुँ । राप्रपामा रहँदा पार्टीका साथी सहयोगी र शुभचिन्तकहरुबाट प्राप्त सहयोग, सद्भाव र स्नेहप्रति म सधैँ आभारी रहनेछु ।पार्टीमा रहँदा बिताएका क्षणहरुप्रति म सदैव गौरव गरिरहने छु । राप्रपाका कुनै साथीहरुसँग मेरो वैरभाव छैन । सबैको भलो होस् भन्ने कामना गर्दछु ।’

नेता थापाले राजसंस्थासहितको प्रजातन्त्र स्थापना गर्ने र राप्रपालाई देशको अग्रणी शक्तिको रुपमा स्थापित गर्ने प्रतिवद्धता जनाएपनि निर्मल निवासको हस्तक्षेपले सफल हुन नसकेको बताए । उनले निर्मल निवासले प्राविधिक रुपमा पार्टीको आन्तरिक मामिलामा हस्तक्षेप गरेको आरोप पनि लगाए ।

नेता थापाले भने, ‘राजसंस्थासहितको प्रजातन्त्र स्थापना गर्ने र राप्रपालाई देशको अग्रणी शक्तिको रुपमा स्थापित गर्ने, काँग्रेस र एमाले सरहको पार्टीको रुपमा मेरो सपना छ, त्यो सपना पूरा गर्नको निमित्त म अध्यक्ष पदमा उठेको हुँ भनेर उद्घाटन समारोहमा भनेको थिएँ । तर दुर्भाग्यवश निर्मल निवास मेरो त्यो सपनामा तगारो बन्यो । र अनेक किसिमका दबाब दिएर हामीलाई पराजित गर्ने प्रयास भयो । निर्मल निवासको दबाबले चुनावमा प्रभाव प¥यो कि परेन त्यो महत्वपूर्ण कुरा होइन । मैले जितेको भए पनि निर्मल निवासको हस्तक्षेपको बिरोध गर्थें । प्राविधिक रुपमा हामीले हारेका छौँ । निर्मल निवासले पार्टीको आन्तरिक मामिलामा किन हस्तक्षेप गर्यो यो महत्वपूर्ण कुरा हो । राष्ट्रिय प्रजातन्त्र पार्टी राजाले खोलेको पार्टी होइन ।’

नेता थापाले नयाँ दल दर्ताको प्रक्रिया अरु साथीहरुसँगको उपयुक्त समयमा निर्णय गर्ने पनि बताए ।  

 

Skip This
Skip This
Logo