काठमाडौं ।
काठमाडौं उपत्यकामा आज ६१८ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा ५०७ , भक्तपुरमा ५० र ललितपुरमा ६१ जना थपिएका हुन् । मंगलबार ६७६ जना थपिएका थिए । बुधबार ७३७ जना थपिएका थिए ।
अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा ११,७४२, भक्तपुरमा १,१९० र ललितपुरमा १,३४७ पुगेको छ । यो सँगै उपत्यकामा अब संक्रमितको संख्या १४,२७९पुगेको छ ।
कोरोनाबाट देशभर निको हुनेको संख्या ४२ हजार ९४९ पुगेको छ । आज निको हुनेको संख्या १,२४३ छ । बुधबार १,०६८ जना निको भएका थिए । मंगलबार १,०६२ जना निको भएका थिए । सोमबार ८७९ जना निको भएका थिए । आज सक्रिय संक्रमितको संख्या १६,२४१ छ । आजको पिसिआर परिक्षण १०,६४१ रहेको छ ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८३ पुगेको छ । आज मात्र ४ जनाको मृत्यु भएको छ । सोमबार १५ जनाको मृत्यु भएको थियो । मंगलबार ११ जनाको मृत्यु भएको थियो । बुधबार ८ जनाको मृत्यु भएको थियो ।
नेपालमा कोरोना संक्रमितको संख्या ५९,५७३ पुगेको छ । आज १,२४६ जना थपिएका छन् । बुधबार १,५३९ जना थपिएका थिए । मंगलबार १,४५९ जना थपिएका थिए । यस्तै सोमबार १,१७० जना थपिएका थिए ।





























प्रतिक्रिया