मधेश प्रदेश सभामा लामो समयदेखि रिक्त रहेका तीन वटा विषयगत समितिको सभापति चयन गरिएको छ।
मंगलबार भएको निर्वाचनमा सार्वजनिक लेखा समितिको सभापतिमा सत्तारूढ दलको तर्फबाट नेपाली कांग्रेसका नरेशकुमार यादव, कृषि तथा भूमि व्यवस्था समितिको सभापतिमा नेकपा एकीकृत समाजवादीका मदनसेन श्रीवास्तव र प्राकृतिक स्रोत तथा वातावरण समितिको सभापतिमा नेकपा माओवादी केन्द्रका जगतप्रसाद यादव चयन भएका छन्।
लेखा समितिमा प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट प्रह्लाद गिरी गोश्वामीले उम्मेदवारी दर्ता गराएका थिए भने कृषि तथा भूमि व्यवस्था समितिमा नेकपा एमालेबाट जगतारण देवीले उम्मेदवारी दर्ता गराएकी थिइन्। तर ती समितिहरुमा सत्तारुढ गठबन्धनको दुई तिहाई बहुमत रहेकोले सत्तारुढ दलकै उम्मेदवारहरु चयन भएका हुन् ।
प्राकृतिक स्रोत तथा वातावरण समितिमा नेकपा माओवादी केन्द्रको तर्फबाट जगतप्रसाद यादवको एकल उम्मेदवारी पारेकोले उनी सोमबार नै निर्विरोध भएका थिए ।





























प्रतिक्रिया