वर्नलीसँग राेकिँदा युनाइटेडले शीर्ष चारमा उक्लिने माैका गुमायाे

वर्नलीसँग राेकिँदा युनाइटेडले शीर्ष चारमा उक्लिने माैका गुमायाे

केन्द्रबिन्दु
0
Shares

रेलिगेशन जोनमा रहेको वर्नलीसँग इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष टोली म्यानचेस्टर युनाइटेड मंगलबार राति १-१ को बराबरीमा रोकिएको छ। वर्नलीको घरेलु मैदानमा सुरुआती अग्रता बनाए पनि युनाइटेडले त्यसलाई जोगाउन नसक्दा शीर्ष चारमा उक्लिने मौका गुमायो। 

पाउलो पोग्वाले १८औं मिनेटमा गरेको गोलसँगै युनाइटेडले अग्रता बनाएको थियो । तर घरेलु टोलीका जय रोड्रिगुयजले ४७औं मिनेट बराबरी गोल गर्दै टोलीको संकट टारे।

खेलको दोस्रो हाफको ६८औं मिनेट  क्रिष्टियानो रोनाल्डो मैदान प्रवेश गरेपनी कुनै जादु देखाउन सकेनन् । बराबरीपछि युनाइटेड २३ खेलबाट ३९ अंकसहित पाँचौं स्थानमा छ। वर्नली भने २० खेलबाट १४ अंक सहित पुछारमा रहेको छ। 

राति नै भएको खेलमा न्युक्यासल युनाइटेडले एभर्टनलाई ३-१ तथा वेस्ट ह्याम युनाइटेडले वाट्फोर्डलाई १-० ले पराजित गर्दै शीर्ष चारमा उक्लियो। लिगमा २३ खेलबाट ५७ अंक सहित म्यान्चेस्टर सिटी शीर्ष स्थानमा रहेको छ। 

Logo