६ दल र दुई माेर्चाले आज एमसीसीविरुद्ध राजधानीमा प्रदर्शन गर्ने

६ दल र दुई माेर्चाले आज एमसीसीविरुद्ध राजधानीमा प्रदर्शन गर्ने

केन्द्रबिन्दु
0
Shares

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताविरुद्ध आन्दोलन घोषणा गरेका ६ कम्युनिस्ट पार्टी र दुई माेर्चाले आज काठमाडौं उपत्यकामा प्रदर्शन गर्ने भएका छन्।

नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा, नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी) नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा (माओवादी केन्द्र समाजवादी), राष्ट्रिय जनमोर्चा र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले दिउँसो १२ बजे प्रदर्शन गर्ने भएका हुन्।

नेताहरूका अनुसार माइतीघरबाट सुरु हुने प्रदर्शन संसद् भवन नयाँ बानेश्वरसम्म पुग्नेछ। यसबाहेक आजै देशभर प्रदर्शनको पूर्वनिर्धारित कार्यक्रम पनि छ।

सरकारले एमसीसी संसद्‍बाट अनुमोदन गराउने तयारी थालेपछि ६ दल र दुई मोर्चा विरोधमा उत्रिएका हुन्।

Skip This
Skip This
Logo