स्थानीय निर्वाचनको मिति घोषणा सकारात्मक : लोसपा नेपाल

स्थानीय निर्वाचनको मिति घोषणा सकारात्मक : लोसपा नेपाल

केन्द्रबिन्दु
0
Shares

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले सरकारले स्थानीय तहको निर्वाचन हुने घोषणा गरेकोलाई सकारात्मकरुपमा लिएको जनाएको छ। 

लोसपाका अध्यक्ष जितेन्द्र सोनलले बुधबार विज्ञप्ति जारी गर्दै आवधिक निर्वाचनबाट मात्रै संसदीय प्रणाली, बहुदलीय व्यवस्था, लोकतान्त्रिक मूल्य मान्यता एवं विधिको शासनलाई सृदृढ एवं संस्थागत गर्ने हुँदा सकारात्मक रुपमा लिएको जनाएको छ। 

यस्तै, जारी विज्ञप्तिमा स्थानीय तहको निर्वाचन २ असोज ०७४ लाई दृष्टिगत गरि निर्वाचित पदाधिकारीको पाँच वर्षको पदावधीको अधिकारबाट वन्चित नगर्न पनि जोड दिएको छ। 

यदि यस्तो भएमा संविधानको मर्म र भावनाविपरीत हुने हुँदा यस सन्दर्भमा नेपाल सरकार, निर्वाचन आयोग, सम्वन्धित पक्ष एवं अन्य सरोकारवालासमेतको ध्यान आकृष्ट गराएको छ।

Skip This
Skip This
Logo