नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेपाली कांग्रेसका नेता शेखर कोइरालाबीच भेटवार्ता हुने भएको छ।
पछिल्लो समय राजनीतिक भेटवार्तालाई तिव्रता दिएका कोइरालाले प्रचण्डसँग भेटवार्ता गर्न लागेका हुन् । भेटवार्ता बिहीबार विहान ९ बजेका लागि प्रचण्ड निवास खुमलटारमा हुने तय भएको कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए।
कोइरालाले मंगलबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोट पुगेर भेटवार्ता गरेका थिए। त्यसक्रममा एमसीसी, स्थानीय तह निर्वाचन र संसदको गतिरोध अन्त्यका विषयमा छलफल भएको थपलियाले जानकारी दिएका थिए।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा एमसीसी पास गराउन बल गरिरहेका बेला नेता कोइरालाले राजनीतिक भेटवार्तामा तिव्रता दिएका हुन्।





























प्रतिक्रिया