सरकारको विरोधमा काठमाडौंमा राष्ट्रिय युवा संघको प्रदर्शनी

सरकारको विरोधमा काठमाडौंमा राष्ट्रिय युवा संघको प्रदर्शनी

केन्द्रबिन्दु
0
Shares

सरकारको विरोधमा राष्ट्रिय युवा संघ नेपालको प्रदर्शन जारी रहेको छ । केही सातादेखि देशका विभिन्न स्थानमा विरोध गर्दै आएको युवा संघले बिहीबार पनि काठमाडौंमा प्रदर्शनी गरेको छ ।

युवा संघले सरकारसँग मूल्य वृद्धि खारेज गर्नुपर्ने, देशको गुमेको भूमि फिर्ता गर्नुपर्ने, हिंसात्मक अभिव्यक्ति दिने संघीय मन्त्री रेणु यादवलाई बर्खास्त गर्नुपर्ने, कोभिड विरुद्धको खोपमा भएको अनियमितता छानबिन गर्नुपर्ने लगायतका माग राख्दै आएको छ ।

उनीहरूले सभामुख अग्नि प्रसाद सापकोटा हत्याको आरोपी भएकोले तत्काल पदबाट राजीनामा दिनुपर्ने समेत माग गरेका छन् । यसका साथै साथै स्वास्थ्य मन्त्री र  अर्थमन्त्री समेत राजीनामा दिनुपर्ने माग गरेका छन् ।

अन्ततः उक्त प्रदर्शनी कोण सभामा परिणत भएको थियो । कोण सभालाई राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेल, सह इन्चार्ज क्रान्ति बुर्लाकोटी लगायतले सम्बोधन  गरेका थिए । 

Logo